Thursday, November 13, 2014

Opportunity for Youth During SAARC in Nepal

स्वयंसेवाको लागि आब्हान

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलन यहि मिति २०७१ मंसिर १० र ११ गते काठमाडौंमा हुन गईरहेको सन्दर्भमा दक्षिण एसियाली देशहरुको नागरिक सञ्जाल जनसार्कको भेला मंसिर ६ देखि ८ सम्म स्टाफ कलेज, जावलाखेल,काठमाडौंमा हुदैछ । दक्षिण एसियाली जनताहरुको साझा मुद्धामा छलफल, मन्थन र बहष हुने ३ दिने भेलामा सदस्य राष्ट्रका नागरिक समाजका अगुवा, प्रतिनिधि तथा जनतासंग प्रत्यक्ष सरोकार राख्ने मुद्धामा काम गर्ने संगठनहरुको उपस्थिति रहनेछ । यस क्रममा विभिन्न ७० वटा क्षेत्रीय विषयहरुम कार्यक्रम सम्पन्न गरिनेछ ।

उक्त सम्मेलनको व्यवस्थापनको लागि सक्रिय तथा गतिशिल युवा स्वयंसेवकहरुको आवश्यकता भएकाले नेपाली युवाहरुमा स्वयंमसेवाको लागि आबेदन आव्हान गरिएको छ ।

छनौट भएका स्वंयमसेवकहरुलाई फोन वा ईमेल मार्फत स्वंयमसेवकको रुपमा छनौट भएको सुचना सुचित गरिनेछ । ईच्छुक आवेदकले देहायको ठेगानामा व्यक्तिगत विवरण सहित आवेदन पेश गर्न सक्नु हुने छ वा अनलाईन मार्फत पनि आवेदन दिन सकिनेछ । अनलाईन आवेदनका लागि तलको लिङ्क फलो गर्नु होला । http://www.volunteer.cocap.org.np/volunteer_form.php

नोटः छनौट भएको स्वयमसेवकहरुको लागि १ दिने अभिमुखिकरण गोष्ठि आयोजना गरिनेछ । सम्मेलन अवधिभर स्वयमसेवकहरुको लागि खाना, खाजा वापतको खर्च उपलब्ध गराईनेछ । सम्मेलन पश्चात् स्वयमसेवकहरुलाई अनुभवको प्रमाणपत्र उपलब्ध गराईनेछ ।

सम्पर्क ठेगानाः
शान्तिका लागि साझा अभियान (कोक्याप)
अनामनगर, काठमाडौं, नेपाल
सम्पर्क फोनः ०९७७ ०१ ४२६५१४३

नेपाल युवा संस्था संजाल (आयोन)
डाँफेमार्ग, बबरमहल, काठमाडौं
सम्पर्क फोनः ०९७७ ०१ ४२५५३८८,४२४८८७३

0 comments:

Post a Comment

Subscribe to RSS Feed Follow me on Twitter!